नाउपाको वरिष्ठ उपाध्यक्षमा पण्डित र कोषाध्यक्षमा चौधरी निर्विरोध « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नाउपाको वरिष्ठ उपाध्यक्षमा पण्डित र कोषाध्यक्षमा चौधरी निर्विरोध


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । नागरिक उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको र कोषाध्यक्षमा चौधरी मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

पण्डित यस अघि पनि वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता थिए । रेशम चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको घोषणा भइसकेको छ ।

अन्य पदमा बढी उम्मेदवारी परेका कारण अहिले छलफल गरी सर्वसम्मतको प्रयास भइरहेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस