मधेश प्रदेशले माघ ३ गते स्वाभिमान दिवस मनाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेश प्रदेशले माघ ३ गते स्वाभिमान दिवस मनाउने


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । मधेश प्रदेश सरकारले अबदेखि माघ ३ गतेका दिन स्वाभिमान दिवस मनाउने भएको छ।

 माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो।

२०७८ साल माघ ३ गतेका दिन प्रदेश सभाको बैठकबाट प्रदेश राजधानी तोकिएको र प्रदेशको नामकरण गरिएको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस