कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । भरतपुर क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भइ मृत्यु भएको हो।

चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय कुल प्रसाद सापकोटालाई नयाँ मेडिकल कलेज उपचारका लागि पुर्‍याए लगतै डाक्टरले मृत घोषित गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस