यस्तो छ आजको मौसम पूर्वानुमान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ आजको मौसम पूर्वानुमान


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । आज बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस