सुजनको परिवारलाई गाउँपालिकाले दियो ५० हजार सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुजनको परिवारलाई गाउँपालिकाले दियो ५० हजार सहयोग


२६ पुस २०८०, बिहिबार


balkumari-ghatana-Pradarshan

काठमाडौँ । बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । आफ्नो पालिकावासीको पीडामा आर्थिक सहयोग गरेको गाउँपालिकाले जनाएको छ । 

सुजनको परिवारलाई यसअघि संघ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो ।

गएको पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुदन र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस