सन्दीप विरुद्धको मुद्दामा अदालतले गरेको फैसलाप्रति ज्ञानेन्द्र शाहीको असन्तुष्टि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सन्दीप विरुद्धको मुद्दामा अदालतले गरेको फैसलाप्रति ज्ञानेन्द्र शाहीको असन्तुष्टि


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेमाथिको मुद्दामा अदालतले गरेको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी नेता कृष्णबहादुर महराविरुद्धको मुद्दासँग दाँज्दै उनले कानून सबैलाई बराबर हुनुपर्ने तर्क गरे ।

फेसबुकमा स्ट्याटस लेख्दै शाहीले सम्मानित अदालतलाई सम्मान गर्ने तर एउटै प्रकृतिको मुद्दामा किन फरक फैसला भन्दै प्रश्न गरेका हुन् ।

उनले लेखेका छन्, ‘सम्मानित अदालतलाई म सम्मान गर्छु । तर पुर्वसभामुख कृष्णबहादुर महरा र अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउने खेलाडी सन्दीप लामिछानेको मुद्दामा फरक के थियो त ?’

१. महरा पीडितको घरमै गएका थिए भने सन्दीप होटलमा

२. महराले रक्सी पिएर पीडितलाई मरणासन्न हुनेगरी पिटेका पनि थिए तर सन्दीपले त्यसो गरेका थिएनन्

त्यसो भए महरालाई चोख्याएको न्यायालयले सन्दीपलाई चैँ किन ८ वर्ष जेल सजाय तोकेको ?

सन्दीपले ८ वर्ष जेल बस्नुपर्छ भने महराले चैँ किन बस्नुपरेन ? न्याय सबैलाई बराबर हुनु पर्ने होइन र ?

Tags :
प्रतिक्रिया दिनुहोस