टुँडिखेलमा थारु समुदायले दुई दिन माघी महोत्सव मनाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टुँडिखेलमा थारु समुदायले दुई दिन माघी महोत्सव मनाउने


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । थारु समुदायले पुस २९ गते र माघ एक गते काठमाडौँको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।

उनले भने, ‘२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ।’

उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‌घाटन गर्नेछन् । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमीलाल चौधरीले बताए ।

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस