प्रधानमन्त्री ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युगान्डा भ्रमण गर्ने भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आज सिंहदरवारमा बताउँदै प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारेमा जानकारी गराएकी हुन् ।

प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले युगान्डाको राजधानी कम्पालामा माघ ५ र ६ गते आयोजना हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनु हुनेछ ।

त्यसअघि माघ ३ र ४ गते हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्र मन्त्री एनपी साउद र माघ १ र २ गते हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस