२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटी र डडेलधुरामा करिब ४७ किलोमिटर सडक कालोपत्रे गरिने काम धमाधम हुँदै

अ+ अ-

डोटी । सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा करिब ४७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ । डोटी र डडेलधुरा जिल्ला अन्तर्गत रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेको डिभिजन प्रमुख रमेश भट्टराईले बताए । 

डिभिजन प्रमुख भट्टराईका अनुसार डोटी र डडेलधुरा जिल्लामा रहेका शाखा सडक अन्तरगत निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तरगत रहेको डोटीको सानागाँउ गाजरी पोखरी सडक १७ करोड लागतमा ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए । 

त्यस्तै डडेलधुराको भात्काडा बुडाल उच्चाकोट सडकको लागि तिन वटा छुट्टा छुट्टै ठेक्का अनुसार करिब २० करोड लागतमा ८ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै डडेलधुराको जोबुडा सिर्स रुपाल सडक ७ करोड लागतमा ६ किलोमिटर निमार्ण भई १ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै गैरा गांखेत सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने योजना रहेको डिभिजन प्रमुख भट्टराईले बताए । 

डडेलधुरा जिल्लाकै सल्लाघारी उग्रतारा आयात सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने छ । भने त्यस्तै गरी उग्रतारा मेलौली ९ करोड लागतमा ढाई किलोमिटर र बगरकोट सिराड रुपाल १ करोड ५० लाखको लागतमा २ किलोमिटर कालोपत्रे गरिने योजना रहेको समेत डिभिजन प्रमुख भट्टराईले बताए । 

डिभिजन कार्यालय अन्तरगत डोटीको समुहगाड नापानी सडक र डडेलधुराको पोखरा बेलापुर सडक बिस्तार तथा सुधारको काम भइरहेको समेत जनाएको छ ।  

सडक बोर्ड अन्तरगत चौखुट्टे देखी अनारखोली सम्म सडक मर्मत तथा पिचको काम समेत भइरहेको डिभिजन प्रमुख भट्टराईले बताए । उनका अनुसार राजमार्ग अन्तरगत रहेको मुख्य सडक १ सय ९० किलोमिटर क्षेत्रमा विभिन्न कामहरू भइरहेको जस अन्तरगत करिब १९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको समेत बताए ।

सडक निमार्णमा भौगोलिक विकटता, सडक निमार्णमा स्थानीयको आपसी विवाद, जमिनको विवाद, बन क्षेत्र पर्ने जस्ता केही चुनौतीहरू रहेको बताउँदै डिभिजन प्रमुख भट्टराईले विगतका वर्षहरूमा काम सुचारु भई पूर्णता नपाएका तर हाल चालु आ।व।मा बजेट विनियोजन हुन नसक्दा केही सडकहरूले पूर्णता नपाएको अधुरै रहेको समेत बताए । 

प्रदेश सरकार बाट आर्थिक वर्ष ०७८।०७९ मा बजेट विनियोजन गरी काम सुचारु भएका चालु आर्थिक वर्षमा बजेट विनियोजन हुन नसक्दा डिभिजन कार्यालय अन्तरगत रहेका ६ वटा शाखा सडकहरूको काम अधुरो रहेको छ । जस अन्तरगत सहजपुर जोरायल सडक १० किलोमिटर, सिर्स कालीढुंगे सडक १० किलोमिटर, गैरा गांखेत सडक १० किलोमिटर, अनारखोली थान्टा, चामागाउँ सुवाकोट सडक ढाई किलोमिटर र चामण्डा कोईराली सुगरखाल चुल्लेग सडक ढाई किलोमिटर रहेका डिभिजन प्रमुख भट्टराईले बताए ।  

डोटी र डडेलधुरा जिल्ला बाहेक सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा पनि प्रदेश सरकारले विगतका वर्षहरूमा बजेट विनियोजन गरी काम सुचारु गरेको सडकले पूर्णता नपाएका चालु आर्थिक वर्षमा बजेट विनियोजन हुन नसक्दा दर्जनौँ सडकहरू अधुरा रहेका पाइन्छन् ।