गठबन्धनद्वारा राष्ट्रिय सभा चुनावका लागि समन्वय समिति गठन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धनद्वारा राष्ट्रिय सभा चुनावका लागि समन्वय समिति गठन 


२४ पुस २०८०, मंगलबार


काठमाडौँ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ ।

मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली काँग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो ।

यो समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जनै उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने बैठकमा सहभागी एक नेताले जनाकारी दिए।

उनका अनुसार समितिको पहिलो बैठक भोलि बुधबार २ बजे सिंहदरबारमा बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस