घुससहित पक्राउ परेका इन्जिनियविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

घुससहित पक्राउ परेका इन्जिनियविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२४ पुस २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियर टिकाराज राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सब-इन्जिनियर राई र ठेकेदार सुनुवारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार अख्तियारको टोलीले मङ्सिर १४ गते टिकाराज राईलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

सम्बन्धित समाचार : इन्जिनियर राई ८० हजार घुससहित अख्तियारको नियन्त्रणमा 

घुस माग गरेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा राई र ठेकेदार सुनुवारले आपसी मिलेमतोमा घुस लिएको अख्तियारको दाबी छ।

अख्तियारले सब इन्जिनियर टिकाराज राईलाई घुस रकम ८० हजार बिगो कायम गरी त्यसबमोजिमको जरिवाना र चार महिनादेखि ६ महिनासम्म कैद सजायको मागदाबी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस