डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा. गोविन्द केसी प्रहरी नियन्त्रणमा


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । मुखमा टेप लगाएर निषेधित क्षेत्र तोड्न गएका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोज्दा केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मुखमा टेप लगाएर उनी निषेधित क्षेत्र प्रवेश गर्न खोजेका थिए ।

केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुङ्गोमा पुर्‍याउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस