ऊर्जामन्त्री बस्नेतले भने-प्राधिकरण जुन बाटो हिँडेको छ त्यो ठिक छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ऊर्जामन्त्री बस्नेतले भने-प्राधिकरण जुन बाटो हिँडेको छ त्यो ठिक छ


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन विद्युत् प्राधिकरणले गरिरहेको काम ठिक भएको बताएका छन् ।

आज (मंगलबार) पूर्वाधार विकास समितिको बैठकमा बोल्दै प्राधिकरणको बक्यौता उठाउने लाइन ठिक भएको बताएका हुन् ।

‘विद्युत् प्राधिकरणले अहिले जुन बाटो लिएको छ । त्यो एकदमै ठिक छ । अर्को बाटो नै थिएन,’ उनले भने, ‘विद्युत् नियमन आयोगको निर्णयले केही दुबिधा देखाएको भए पनि अहिले गरेका निर्णय ठिक छन् ।’ उद्योगीहरूले प्राधिकरणको निर्णयअनुसार नै बक्यौता तिर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस