अर्थमन्त्री डा. महत भारत प्रस्थान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्थमन्त्री डा. महत भारत प्रस्थान


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत भारत गएका छन् । उनी मंगलबार (आज) ११ बजे भिस्तारा एयरको उडानबाट नयाँ दिल्ली गएका हुन् । दिल्लीबाट उनी गुजरात जानेछन् ।

यही पुस २५ देखि २७ गते (जनवरी १० देखि १२ तारिख) सम्म गुजरातस्थित गान्धीनगरमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट (भीजीजीएस)मा नेपालको प्रतिनिधित्व गर्दै डा. महत त्यता गएका हुन् ।

डा. महतका प्रेस सल्लाहकार प्रकाश थापाका अनुसार डा. महतले समिटमा आफ्नो विशेष प्रश्तुती दिने र भारतीय उद्योगीहरूसँग भेट गर्ने कार्यक्रम छ । उनी शुक्रबार बिहान काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

१० औँ संस्करणको समिटमा विदेशी लगानीकर्ता र उद्योगीलाई गुजरातमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । सन् २००३ देखि प्रत्येक दुई-दुई वर्षमा आयोजना हुँदै आएको समिट यस पटक चार वर्षपछि आयोजना हुन लागेको हो । यस अघि सन् २०२२ को जनवरी १० देखि १२ सम्म समिट आयोजना हुने तय भएकामा कोभिड १९ महामारीका कारण स्थगित भएको थियो ।

समिटको पूर्वसन्ध्यामा भारतले नेपाललाई साझेदार देश भन्दै स्वागत गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणलगत्तै डा. महतको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस