स्कटल्याण्डमाथि नेपालको शानदार जित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्कटल्याण्डमाथि नेपालको शानदार जित


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डमाथि शानदार जित निकालेको छ ।

नेपालले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा १ सय ४९ रनमै समेटियो । बलिङतर्फ नेपालले तिलकराज भण्डारी ३ र आकाश चन्दले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले १ सय १४ रनको शतकीय इनिङ खेले । दिपक बोहराले नटआउट ५८ रनको योगदान दिए ।

विश्वकप अघि नेपालले स्कटल्यान्डसँग अनौपचारिक वार्म अफ खेल खेलेको हो । नेपालले जनवरी १३ मा स्कटल्यान्डसँग र जनवरी १६ मा वेष्ट इन्डिजसंग वार्म अफ खेल खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस