बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत् प्राधिकरणले दियो ६० महिनाको समय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बक्यौता किस्ताबन्दीमा बुझाउन विद्युत् प्राधिकरणले दियो ६० महिनाको समय


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल रकम बुझाउन ६० महिनाको समय दिएको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै तिर्न बाँकी बक्यौता रकम ६० महिना भित्र किस्तामा तिर्न सकिने बताएको छ ।

प्राधिकरणको सञ्चालक समितिको गएको १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । विशेष व्यवस्था अनुसार बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिनेछ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस