बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक


२३ पुस २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयले गत वैशाख र जेष्ठ महिनामा सञ्चालन गरेको बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो ।

करिब सात महिनापछि प्रकाशन भएको परीक्षाको नतिजा वेबसाइट तथा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिने कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस