टुङ्गियो ईपीएस विवाद, तोकियो पहिलो सिफ्टको परीक्षा मिति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टुङ्गियो ईपीएस विवाद, तोकियो पहिलो सिफ्टको परीक्षा मिति


२३ पुस २०८०, सोमबार


काठमाडौँ । कोरिया भाषा परीक्षालाई लिएर उत्पन्न भएको विवादको समाधान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग लगातार गरेको पहल सफल भएको हो ।

नेपाली युवाको माग र अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन् । भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग आज महानिर्देशक घिमिरेले यस सम्बन्धमा बैठक राखेका थिए । उक्त बैठकमा सहमति जुटेको छ ।

सबै परीक्षार्थीहरूलाई तीनवटा लटमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । जसअनुसार पहिलो लटमा आउँदो जनवरी २० मा ४७ हजारजनाको परीक्षा लिइने छ । दोस्रो लटमा ८० हजार र तेस्रो लटमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने भएको घिमिरेले जानकारी दिए । दोस्रो र तेस्रो लटको परीक्षाको मिति तय भइसकेको छैन ।

महानिर्देशक घिमिरेले यस सम्बन्धमा कोरियाली दूतावाससँग लगातार पहल गरिरहेका थिए । यसअघि कोरियाली राजदूतसँग श्रम सचिवको पनि वार्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस