जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि अबको लगानीका सम्भाव्य क्षेत्र : अर्थमन्त्री डा. महत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि अबको लगानीका सम्भाव्य क्षेत्र : अर्थमन्त्री डा. महत


२३ पुस २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि अबको लगानीका सम्भाव्य क्षेत्र भएको बताएका छन् । उनले नेपालमा यी क्षेत्रमा उल्लेख्य सम्भावना रहेको भन्दै लगानीकर्ताहरूलाई यी क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

सोमबार आयोजित नेपाल-भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू फराकिलो बन्दै गएको बताए । ‘यी चार क्षेत्र लगानीको मुख्य आकर्षण रहेको छ,’उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’

नेपालले जलविद्युतको क्षेत्रमा भने ठुलो फड्को मार्ने क्रमको सुरुवात भएको अर्थमन्त्री महतको दाबी थियो । ‘भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता भएको छ । यसलाई कार्यान्वयनमा लैजाँदै गर्दा नेपालले ठुलो फड्को मार्नेछ,’उनले भने।

मन्त्री महतले नेपाल लगानीको राम्रो गन्तव्य बन्न सक्ने आधारहरू तय भइरहेको बताए । सरकारले लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न आवश्यक कानुन, नीति नियममा सुधार गर्ने प्रतिबद्धता समेत जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस