काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त भएका छन्। क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई क्यानको प्रशासनको जिम्मा दिने निर्णय गरेको हो।
दोस्रो पटकको सूचनामार्फत क्यानले नयाँ महाप्रबन्धकमा ढुङ्गानालाई नियुक्त गरेको हो। अब यो निर्णयलाई कार्यसमितिबाट पास गर्नुपर्ने हुन्छ।
महाप्रबन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल थिए।
सुरुमा ६८ जनाको निवेदन परेको थियो।