नापी निरीक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नापी निरीक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ पुस २०८०, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी निरीक्षकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानुनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा रुपन्देहीको बुटवलस्थित नापी कार्यालयका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको ठहर अख्तियारको छ । अख्तियारले मुद्दा दायर गरेका अन्यमा नापी कार्यालय बुटवलका तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर कालाथापा र जग्गाधनी मानप्रसाद श्रेष्ठ छन् ।

बुटवल उपमहानगरपालिका-१३ को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरूसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस