३५ बुँदे मागसहित मिर्गौलापीडित स्वास्थ्य मन्त्रालयमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

३५ बुँदे मागसहित मिर्गौलापीडित स्वास्थ्य मन्त्रालयमा


२३ पुस २०८०, सोमबार


डाक्टर

काठमाडौँ । मिर्गौला पीडितहरूले स्वेच्छाले आफ्नो मिर्गौला दिन सकिने कानुनी व्यवस्था मिलाइनुपर्ने माग राखेका छन्।

सोमबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाउन पुगेका मिर्गौला पीडित सरोकार समितिले स्वेच्छाले मिर्गौला दान दिन पाउनुपर्ने लगायत विभिन्न ३५ माग राखेको हो।

उनीहरूले अङ्ग प्रत्यारोपण दिने व्यक्तिलाई जीविकोपार्जनका लागि मासिक भत्ता प्रदान गरिनुपर्ने, मित–मितिनी, आमा, दाजु, भाइ, बहिनी, साला, साली, भन्जाभान्जी, मित्यौरी साइनोले पनि मिर्गौला दान दिन पाउने कानुन बनाउन माग गरेका छन्।

उनीहरूले मिर्गौला बिरामीको ४० वर्ष भन्दा कम उमेरको हकमा २ पटकसम्म चेकजाँच सरकारले निःशुल्क गर्नुपर्ने माग राखेका छन्।

सात वटै प्रदेशमा चाँडो भन्दा चाँडो प्रत्यारोपण केन्द्रहरू सञ्चालन गरिनुपर्ने, हेमाडाइलासिस, पोजेटिभ डाइलासिस ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न पनि माग गरेका छन्।

अन्य माग :

Tags :
प्रतिक्रिया दिनुहोस