सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दललाई कति सिट ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कुन दललाई कति सिट ?


२२ पुस २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये काँग्रेसले सबैभन्दा बढी १० सिट पाएको छ भने माओवादी केन्द्रले छ, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकपछि काँग्रेस नेता रमेश लेखकले गठबन्धनमा भागबन्डा टुंगिएको जानकारी दिँदै पार्टीहरूको आन्तरिक बैठक बसेर अब उम्मेदवार टुंगिने बताए । 

उनका अनुसार काँग्रेसले कोशी प्रदेशमा एक, मधेशमा एक, बागमतीमा दुई, गण्डकीमा दुई र सुदूरपश्चिममा दुई सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा काँग्रेसले थप एक-एक सिट पाउने सहमति भएको छ । यस्तै माओवादी केन्द्रले कोशीमा एक, बागमतीमा एक, गण्डकीमा एक, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा एक सिट पाउने सहमति भएको छ । 

यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा एक-एक सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेशबाट उम्मेदवार खडा गर्नेछ । नेताहरुका अनुसार उम्मेदवारको क्लस्टरबारे पनि दलहरुबीच करिब करिब सहमति जुटिसकेको छ । गठबन्धनमा जनमोर्चा र जनमत पार्टीले समेत सिट दाबी गरेपनि उनीहरुलाई छुट्याइएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस