झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


२२ पुस २०८०, आइतबार


झापा । झापाको बिर्तामोड नगरपालिका-२ स्थित चारपाने चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटर साइकल चालक कन्काई नगरपालिका-८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।

शनिबार साँझ भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कँदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र-०२-००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 

पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीन जना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । 

मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते छन् । दुर्घटनामा परी कन्काई नगरपालिका-५ का ५९ वर्षीय रविरत्न सिटौला र बाह्रदशी–७ का सागर माझी घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस