राष्ट्रिय सभा सिट भागबण्डामा किचलो कायमै, सत्ता गठबन्धनको बैठक आज पनि बस्ने  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभा सिट भागबण्डामा किचलो कायमै, सत्ता गठबन्धनको बैठक आज पनि बस्ने 


२२ पुस २०८०, आइतबार


काठमाडौँ । सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा निर्वाचनको भागबन्डाको मुद्दा पेचिलो बन्दै गएको छ। सत्ताधारी दलहरूबीच अझैपनि राष्ट्रिय सभा निर्वाचनको सिटसम्बन्धी विवाद कायमै छ। त्यही विवाद मिलाउन गठबन्धन दल र तीनका शीर्ष नेताहरू आज बिहान पनि छलफलमा जुट्ने भएका छन्।

ती दलका नेताहरूको बैठक अहिले बिहान ८ बजे बस्ने जनाइएको छ।  यी दलहरू १९ सिटमा भागबण्डा मिलाउने प्रयास गरिरहेका छन्। यसअघि भएका सहमति अनुसार सात वटै प्रदेशको लगभग भागबण्डा मिलि सकेको छ।

तर नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्मको सहमतीमा चित्त बुझाएका छैनन्। उनले आफ्नो पार्टीले तीन सिट पाउनुपर्ने अडान राख्दै आएका छन्। आजको छलफलमा उनको मागलाई सम्बोधन गर्ने प्रयास गरिने जानकारी एक नेताले दिए। सत्तारुढ दलहरूले यसअघि कुन प्रदेशबाट कुन दलको उम्मेदवार निर्वाचन उठ्ने भन्ने कुरा लगभग निक्र्यौल गरिसकेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस