काँग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसको कोशी संवाद : विधान परिमार्जन गर्न माग


२२ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले पार्टी निकट नेताहरूसँग ‘लोकतन्त्र संवाद’ गरेको छ। सुनसरीको इटहरीमा हिजो शनिबार सम्पन्न संवादका वक्ताहरूले पदाधिकारी तथा सदस्य वडा तहदेखि नै निर्वाचित हुँदै जानुपर्नेमा जोड दिएका छन्।

केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय प्रतिनिधिद्वारा बहुमतले चुनिनुपर्ने व्यवस्था हुनुपर्ने, पिछाडिएको वर्ग, लिङ्ग, समुदाय, अवसरबाट वञ्चित व्यक्ति नै समानुपातिक सूचीमा हुनुपर्ने, वडा तहलाई मजबुत बनाउँदै पार्टीले केन्द्रीय मूल्याङ्कन विभाग बनाउनुपर्ने र व्यवस्थित तरिकाले प्रविधिको प्रयोगमा मूल्याङ्कन हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको जोड छ।

संवादमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट २८ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि, जिल्ला पार्टी सभापति, क्षेत्रीय सभापतिसहित पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतको उपस्थिति थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस