४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच लाख भारुसहित एक भारतीय नागरिक पक्राउ

पक्राउ
अ+ अ-

सप्तरी । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका-दुई झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत-तीन सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधन जाँच गर्ने क्रममा बिआर५०बी १५४२ नंको मोटरसाइकल रोकी जाँच गर्दा यादवलाई स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले बताए । मोटरसाइकलको डिक्कीमा लुकाई भारु नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा यादव पक्राउ परेका हुन् ।

उनीसँग भारु पाँच सयका तीन सय ३९ थान, दुई सय का पाँच सय ३० थान, एक सयका एक हजार नौ सय ८० थान, ५० का एक हजार ३४ थान, २० का एक सय ९७ थान, १० का आठ सय ८३ थान नोट फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस