तस्करी गर्न बालुवाभित्र राखिएको ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तस्करी गर्न बालुवाभित्र राखिएको ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ


२१ पुस २०८०, शनिबार


पक्राउ

राजविराज । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका-सात कल्याणपुर चौकबाट उक्त गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार छ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए। उनका अनुसार उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा रु. ३० देखि ३५ हजार प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै सवारीधनी टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-चार का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

यसैगरी, सप्तरीको राजगढ गाउँपालिका-दुई झौरा चोकबाट स्रोत नखुलेको रु. पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एक जनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस