गोरखा दरबार-काठमाडौँ पदयात्रामा निस्कियो नेपाली सेना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

गोरखा दरबार-काठमाडौँ पदयात्रामा निस्कियो नेपाली सेना


२१ पुस २०८०, शनिबार


गोरखा । नेपाली सेनाले गोरखा दरबारदेखिकाठमाडौँ सम्मको पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो ।

गोरखा दरबारमा शनिवार आयोजित एक कार्यक्रमबीच पदयात्रामा सहभागी सेनालाई पश्चिम पृतनापती उपरथी सन्तोष बल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले संयुक्त रूपमा टर्च हस्तान्तरण गरेर बिदाई गरेका हुन् ।

देशभरमा छरिएर रहेका ऐतिहासिक कोट, किल्ला र पदमार्गको संरक्षण र प्रर्बद्धनका लागि सेनाले यस्ता अभियानहरू सञ्चालन गरेको सेनाका पश्चिम पृतनापती उपरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

नेपाल सेनाका प्रथम ६ कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज झण्डा बोकेका गुरुज्यूको पल्टन, ब्याण्डसहितको टोली पृथ्वीनारायण शाहले एकीकरणका क्रममा प्रयोग गरेका मार्ग हुँदै पुस २७ गते काठमाडौँ पुग्नेछन् । नेपाली सेनाले पाँच वर्ष अघिदेखि पदयात्रा शुरु गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस