रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले पाइन् सफाइ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले पाइन् सफाइ


२० पुस २०८०, शुक्रबार


Rupa-sunar

काठमाडौँ । सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले जिल्ला अदालत काठमाडौँबाट सफाई पाएकी छन् ।

२०७८ असारमा जातकै आधारमा कोठा नदिइएको भन्दै सुनारले महानगरीय प्रहरी परिसर सिंहदरवारमा उजुरी गरेकोमा उक्त मुद्दालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा दर्ता गरेको थियो ।

जिल्ला अदालतमा दर्ता भएको साढे दुई वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले श्रेष्ठलाई सफाई दिने फैसला गरेको हो । श्रेष्ठमाथि सुनारले लगाएको जातीय विभेदको आरोपको दाबी नपुग्दै तर्कसहित जिल्ला अदालत काठमाडौँले सफाई दिएको बताइएको छ । 

सुनारले प्रहरीमा जाहेरी दिइसकेपछि घरधनी श्रेष्ठलाई पक्राउ गरेर केही दिन हिरासतमा राखेको थियो । पक्राउ परेकी उनलाई जिल्ला अदालत काठमाडौँले एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएपछि श्रेष्ठ धरौटी तिरेर हिरासतमुक्त भएकी थिइन् ।

कार्कीकै इजलासले सरस्वती पक्षधरले सुनारविरुद्ध हालेको वैयक्तिक गोपनीयता भङ्ग र बेइज्जती मुद्दामा रुपालाई सफाई दिने फैसला पनि अदालतले गरेको छ ।  जिल्ला अदालतमा निरन्तर दुई दिनसम्म यो मुद्दामा बहस भएको थियो ।

यसैबीच पीडित सुनारले आफूमाथि भएको गरेको जातीय विभेदविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने प्रतिक्रिया दिएकी छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस