चेतन अयडी हत्यामा दोषी ठहरिएका ६ जनालाई साधारण तारेखमा छोड्न आदेश « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चेतन अयडी हत्यामा दोषी ठहरिएका ६ जनालाई साधारण तारेखमा छोड्न आदेश


२० पुस २०८०, शुक्रबार


काठमाडौँ । गत मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा घरबाटै झिकेर बीभत्स हत्या गरिएका अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा पक्राउ परेका ६ जनालाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर क्रूर तरिकाले हत्या गरेको आरोपमा उनीहरू सबैलाई जिल्ला र उच्च अदालतले दोषी देखाएको थियो ।

सर्वोच्च अदालतले भने मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरेको जनाएको छ ।

धनराज थापा, जङ्ग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नुपर्ने सर्वोच्चले भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस