१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृद्धभत्ता खाएर चुपचाप बस्न पूर्वराजालाई सूर्य थापाको सुझाव, चलखेल गरे सबै कर्तुत खोल्ने चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वृद्धभत्ता खाएर चुपचाप बस्न आग्रह गरेका छन् ।

शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी-रुपन्देही सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले धेरै चलखेल गरे पुराना सबै कर्तुत जनसमक्ष ल्याउने चेतावनी दिएका छन् ।

‘७६ वर्षीय उमेरमा चुपचाप वृद्धभत्ता खाएर बस, चलखेल गरे तिम्रा कर्तुत जनसमक्ष ल्याउन नपारोस्, छोराको त्यो हालत छ, नातिलाई अघि सारेर राजतन्त्र ल्याउने सपना नदेखे हुन्छ, नेपाली जनताले त्यो विषय अस्वीकार गरिसकेको विषय हो’ थापाले भने, ‘राजसंस्था फर्काउन सम्भव छैन, यो विषयमा अनेक विषय जोडेर ताहुरमाहुर नगरे हुन्छ, नेपाली जनता धेरै सचेत भइसकेका छन् ।’

राष्ट्रिय सभामा एमालेले भागवण्डा खोजेको नभएर हैसियत अनुसारको सहभागिता रहने भए सहकार्य गर्न सकिने प्रस्तावमा मात्रै छलफल भएको नेता थापाले बताए ।

उनले भने–‘नेकपा एमाले भिक्षा माग्ने पार्टी होइन, बाघ बूढो भए पनि घाँस खाँदैन, हाम्रो हैसियतअनुसारको सम्मानजनक भए राष्ट्रिय सभामा सहकार्य गर्न सकिन्छ भन्ने हो तर हामीले औपचारिक निर्णय गरिसकेका छैनौ, यसको निर्णय सचिवालयले गर्नेछ, बाहिर आएजस्तो कुनै कुरा चलेको छैन यो पार्टीलाई कमजोर पार्न केही अफवाह चलाइएको छ जुन असत्य हुन् ।’

अहिले बामपन्थी एकताको विषय चलाइरहेका नेता घनश्याम भुसाललगायतप्रति संकेत गर्दै उनले एमालेलाई ध्वस्त पार्ने, कम्युनिष्ट सरकार ढाल्न अहोरात्र खटिनेहरूले आफू कमजोर भएर अस्तित्व सङ्कटमा पर्न थालेपछि यस्तो नाटक गरेको आरोप लगाए ।

‘एमालेलाई तहसनहस पार्ने, वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन अहोरात्र खट्नेहरू वामपन्थी एकताको बहस गर्दैछन्, सबैतिरबाट एक्लिएर टीका लाएको पदमा पुगेकाहरूलाई ठिकै होला एमालेका लागि यस्तो जरुरी छैन’ नेता थापाले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस