राष्ट्रिय सभामा उम्मेदवार छान्न एमालेको सचिवालय बैठक भोलि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभामा उम्मेदवार छान्न एमालेको सचिवालय बैठक भोलि


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय ललितपुरको च्यासलमा शुक्रबार पौने १ बजे बस्नेगरी बैठक बोलाइएको हो।

राष्ट्रिय सभा उम्मेदवारको चयन, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज (बिहीवार) दिउँसो प्रदेश कमिटीका पदाधिकारीसँग राष्ट्रिय सभा उम्मेदवार चयनबारे छलफल गरेको जानकारी उनले दिए।

Tags :
प्रतिक्रिया दिनुहोस