शेयर बजार आज घट्यो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

शेयर बजार आज घट्यो


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अङ्कले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो ।

आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । समग्रमा बजार घटे पनि आज कालिका पावर कम्पनी, सिंगटी हाइड्रोपावर कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।

बजार घटे पनि आज कारोबार रकम भने बढेको छ । आज एक करोड ६० लाख कित्ता शेयर पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस