सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो,साँझ र भोली बिहान थप छलफल गर्ने « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो,साँझ र भोली बिहान थप छलफल गर्ने


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको ४ दलको बैठकमा सीट बाँडफाँटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए ।

उनले भने, ‘राष्ट्रियसभाको विषयमा छलफल भएको छ । त्यसमा थप छलफल बाँकी छ । अर्को बैठक आज साँझ वा भोलि बिहान बस्ने गरी हामी उठेका छौँ ।’

सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा मात्रै छलफल भए पनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शून्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका विषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ ।

आगामी माघ ११ गते रिक्त हुन लागेका १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका छ ।

Tags :
प्रतिक्रिया दिनुहोस