जापानमा भूकम्प परी ७३ जनाको मृत्यु, १५ बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जापानमा भूकम्प परी ७३ जनाको मृत्यु, १५ बेपत्ता


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । पश्चिमी जापानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ । 

भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशङ्कामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजी कार्य जारी राखेका छन् । 

अहिलेसम्म १५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ । बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । 

सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ । जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् । 

वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ । सोमबारको भूकम्पको केन्द्रबिन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो । 

भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए । 

यस्तो विपद्मा विशेषगरी पहिलो ७२ घण्टा निकै महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन ।

Tags :
प्रतिक्रिया दिनुहोस