अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अदालतबाट हतकडीसहित भागेका थुनुवा पक्राउ


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटीस्थित न्युदोलखाली गेष्ट हाउसबाट ३२ वर्षीय कमल खड्कालाई बिहीबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर २ घर भई भक्तपुरको दुवाकोट बस्दै आएका खड्का बुधबार जिल्ला अदालत काठमाडौँबाट भागेका थिए।

थुनछेक बहस गराउन प्रहरी वृत्त महाराजगन्जका प्रहरी वरिष्ठ हवल्दार इन्द्रबहादुर सिंजालीले उनलाई अदालत लगेका थिए। त्यसक्रममा बुधबार दिउँसो साढे १ बजे उनी अदालत परिसरबाट हतकडीसहित भागेका थिए।

उनको खोजीका लागि वृत्त प्रमुख अमरबहादुर थापा क्षेत्री र प्रहरी परिसरको संयुक्त टोली परिचालन भएको थियो। गेष्ट हाउसमा बसिरहेको अवस्थामा प्रहरीले खड्कालाई फेला पारेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस