पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पीएसजीले जित्यो १२औं पटक फ्रेन्च सुपर कपको उपाधि


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । पेरिस सेन्ट जर्मेन पीएसजीले कीर्तिमानी १२औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । गएराति टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो । 

यस खेलमा एक गोल गरेका केलियन एमबाप्पे पार्क डेस प्रिन्सेसमा पीएसजीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । 

ली काङ–इनले खेलको तेस्रो मिनेटमै गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। भिटिन्हाको उत्कृष्ट क्रसमा डेम्बेलेले मिलाएको बलमा लीले पोस्ट नजिकबाट गोल गरे ।  यसै खेलमार्फत ओस्मान डेम्बेले १५ दिन पछि पिचमा फर्किएका थिए । 

४४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दै अग्रता दोब्बर पारे यो उनको घरेलु मैदानमा १ सय ११ औं गोल थियो । 

ब्राजिलका डिफेन्डर लुकास बेराल्डोले दोस्रो हाफमा पीएसजीबाट डेब्यू गरे । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा पीएसजी च्याम्पियन बनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस