भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । भारतका विदेशमन्त्री एस.जयशंकर आज बिहान नेपाल आउँदै छन्। 

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

यहाँ रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। ​उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री जयशंकरको टोली शुक्रबार भारत फर्किनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस