बेलायतको प्रतिभा सम्मान गणेश रसिक र पुरस्कार प्रदीप मेन्याङ्बोलाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बेलायतको प्रतिभा सम्मान गणेश रसिक र पुरस्कार प्रदीप मेन्याङ्बोलाई


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।

यसैगरी, प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई अर्पण गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत-संगीतका साथै कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीबृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । 

रसिकका क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा सङ्ग्रह, २०२७), रसिकका गीतहरू (गीत सङ्ग्रह, २०४५, आकाशगंगाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५), बिलाउँदै गएका गीत (कथा संग्र्रह, २०५८०, दशगजामा उभिएर हेर्दा (उपन्यास, २०६३), स्वाधीनताको पीडा (गीत सङ्ग्रह, २०६८), पेरुङ्गो संस्करण (च कृति, २०७३) लगायत मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १ र २०, ओ ! शून्यता (सी.डी.) आदि प्रकाशित छन् ।

यसैगरी, लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध (कथाकृति, २०६०) प्रकाशित छ भने फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उनी मुन्धुमी ज्ञानको खोज-अन्वेषण कार्यमा संलग्न रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस