राष्ट्रिय सभाको सीट भागबन्डाबारे गठबन्धनसँग छलफल गर्न बालुवाटार पुगे ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको सीट भागबन्डाबारे गठबन्धनसँग छलफल गर्न बालुवाटार पुगे ओली


१८ पुस २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाको सीट भागबन्डाको लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । भोलि बिहान ९ बजे बस्ने गरी गठबन्धनको बैठक सकिएको हो । बैठक सकिएलगत्तै एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार छिरेका छन् ।

हिजो र आज बसेको काँग्रेस र माओवादीबीचको छलफलमा रा राष्ट्रिय सभामा एमालेलाई पनि समेट्नेबारे छलफल भएको छ । सोहीअनुसार अहिले गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले ओलीलाई पनि सीट भागबन्डाको विषयमा छलफल गर्न बालुवाटार डाकेका हुन् ।

एमालेसँगको बैठकमा प्रधानमन्त्री दाहालसहित काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस