एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि


१८ पुस २०८०, बुधबार


काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको थियो । ११५ रनको लक्ष्य पाएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोड्यो । कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि कोशीलाई विजेता बनाउन सकिनन् ।

विकेटकिपर काजल श्रेष्ठले २२ रन बनाइन् । त्यसअघि एपीएफको पालीमा ईन्दु वर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस