५ जना सहसचिवहरूको सरुवा (सूचीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५ जना सहसचिवहरूको सरुवा (सूचीसहित)


१८ पुस २०८०, बुधबार


काठमाडौँ । न्याय सेवा आयोगले ५ जना सहसचिवहरूको सरुवा गरेको छ । आज बसेको आयोगको बैठकले सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्याय परिषद्मा सरुवा भएका छन् ।

न्याय परिषद्का सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस