मन्त्री किराँतीको आक्रोश : भालेको डाकमै मेरो राजीनामा माग्नेहरू हारे   « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री किराँतीको आक्रोश : भालेको डाकमै मेरो राजीनामा माग्नेहरू हारे  


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरे ।

आफ्नो निधारमा मन्त्रीको छाप नरहेको र राजीनामा दिन आफू सधैँ तयार रहेको उनले बताए । आफ्नो लागि धर्म नेपाली, मन्दिर देश र भगवान् जनता भएको उनको भनाइ थियो ।

मन्त्री किराँतीले आफूलाई पशुपति विरोधी नै बनाउनेहरूले पशुपतिकै नाम जपेर आफ्नो राजीनामा मागे पनि अन्ततः हारेको बताए । उनले पशुपतिनाथको आफूले धेरै सेवा गरेको भन्दै पशुपतिनाथ भगवान् नै रहेको निष्कर्ष सुनाए ।

मन्त्री किराँतीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति लक्षित गर्दै नयाँ खोज्ने नाममा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाइएको गुनासो गरे । उनले भावनामा आएर मात्रै देश नचल्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस