अस्पतालको बेडमा कुकुर भेटिएपछि तीन स्वास्थ्यकर्मी निलम्बित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अस्पतालको बेडमा कुकुर भेटिएपछि तीन स्वास्थ्यकर्मी निलम्बित


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । 

अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भए पनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका अस्पतालका मेसु विपिन जैसवालले जानकारी दिए ।

मेसु जैसवालका अनुसार अस्पताल प्रशासनलेले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताले प्रशासनले जनाएको छ । 

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस