वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० करोड ठग्ने पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० करोड ठग्ने पक्राउ


१७ पुस २०८०, मंगलबार


पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका–१ का ४७ वर्षका लालबहादुर लामालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले लिथुवानिया, क्यानडा, सिंगापुर जस्ता देशमा पठाउने भन्दै युवाहरूसँग ५ लेखि १५ लाखसम्म लिएका थिए ।

उनले रकम लिएपछि वैदेशिक रोजगारीमा पाएनन्, कतिपय सिंगापुर पुगेर विमानस्थलबाटै नेपाल फर्काइएका थिए । पीडितहरूले दिएको उजुरीका आधारमा उनलाई मंगलबार दिउँसो काठमाडौँको शंखरापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी बरामद भएको छ भने प्रारम्भिक अनुसन्धानका क्रममा उनले युवाहरुबाट १० करोडभन्दा बढी रकम उठाएको पाइएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, चाहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस