कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने हर्क साम्पाङको अडान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नराख्ने हर्क साम्पाङको अडान


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र सुनसरीका राजनीतिक दलका भातृ संगठनबीच सहमति अन्तिम चरणमा पुगेर भङ्ग भएको छ ।

मेयर साम्पाङले १२ पुसमा आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएको विषयमा छलफल गर्न नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा सहित दलका युवा, विद्यार्थी तथा महिला सङ्गठनका कार्यकर्ता धरानमा फोटो बोकेर पुगेका थिए ।

उनीहरूले मेयरको कार्यकक्षमा फोटो राख्न माग गरेका थिए तर मेयर साम्पाङले २० पुसमा मनाउने धरान डेमा प्रधानमन्त्री आउनुपर्ने माग गरेका थिए ।

जवाफमा राजनीतिक दलका प्रतिनिधिले प्रधानमन्त्रीलाई निमन्त्रणा गर्न धरानका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयसम्म लैजाने र फिर्ता ल्याउने कामको व्यवस्थापन गर्ने आश्वासन दिएका थिए । तर मेयर साम्पाङले राजनीतिक दलहरूले नै धरान आउन चिठी पठाउनुपर्ने र त्यसको सार्वजनिक रूपमा जानकारी गराउनुपर्ने शर्त राखेका थिए ।

प्रधानमन्त्री आउने जानकारी नभएसम्म फोटो नराख्ने मेयर राईको अडानपछि दलका नेता कार्यकर्ता फर्किएका छन् ।

सम्बन्धित समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न दलका कार्यकर्ता हर्क साङपाङको कार्यकक्षमा

सम्बन्धित समाचार : हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

सम्बन्धित समाचार : ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु’: हर्क साम्पाङ

Tags :
प्रतिक्रिया दिनुहोस