व्यवस्थाविरुद्धको डिजाइन भनेर ‘प्रचण्ड’ले बालकुमारी घटना मोड्न खोज्दैछन् : भीम रावल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यवस्थाविरुद्धको डिजाइन भनेर ‘प्रचण्ड’ले बालकुमारी घटना मोड्न खोज्दैछन् : भीम रावल


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने भन्दै अन्तै मोड्न खोजेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले सोमबार मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै दुई युवा मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशङ्का गरेका थिए ।

प्रधानमन्त्रीले भनेका थिए, ‘यो सामान्य छैन । दुई युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ । ईपीएसमा जे जस्ता गतिविधि भएका छन् । गाडी जलाउने गतिविधि छ । यो थिङ्स आर नट ह्वाट दे सीम भनेको जस्तो छ । चिज त्यस्तो छैन जस्तो देखिएको छ । त्योभित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन कतै छैन भन्ने यो प्रमाणित होइन ।’

सम्बन्धित समाचार : ‘बालकुमारी घटना गणतन्त्र विरोधीहरूको डिजाइन हुन सक्छ, टाउकोको पनि मूल्य तोकिँदै छ’

तर, नेता रावलले प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी ध्यान अन्तै खिचेर विषय लुकाउने डिजाइन रचेको हुनसक्ने बताए ।

उनले ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्र। कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको रु प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस