राष्ट्रिय सभा निर्वाचनको लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा निर्वाचनको लागि दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१७ पुस २०८०, मंगलबार


काठमाडौँ। राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० का लागि घोराहीमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्य तालिका अनुसार निर्वाचनका कार्यक्रमहरू अघि बढ्ने कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम रहेको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका निर्वाचित १९ र मनोनीत १ गरी २० सदस्यको कार्यकाल सकिँदै छ ।

जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि २ सदस्यका लागि निर्वाचन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस