नेविसंघद्वारा खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्ति गर्न माग गर्दै सरकारको ध्यानाकर्षण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेविसंघद्वारा खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्ति गर्न माग गर्दै सरकारको ध्यानाकर्षण


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ।

नेविसंघले मंगलबार प्रदर्शनीमार्गमा सडक बहस गरेर उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’लाई ध्यानाकर्षण पनि गराएको छ।

नेविसंघले विश्वविद्यालयमा भएको दलीयकरण र राजनीतिक हस्तक्षेप अन्त्य गर्न पनि माग गरेको छ। खुला प्रतिस्पर्धाबाट त्रिविलगायत विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्न दबाब दिँदै आएको नेविसंघले जनाएको छ।

नेविसंघले आइतबार प्रज्ञा भवनमा भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम स्थलमा पनि विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न मागसहित ब्यानर राखेको थियो।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले पनि खुला प्रतिस्पर्धाबाट नै त्रिवि उपकुलपति नियुक्ति गर्ने र राजनीतिक भागबन्डा नगर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।

त्रिविमा उपकुलपतिलगायत पदाधिकारी रिक्त भएको लामो समय हुँदा पनि नियुक्ति हुन सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस